काठमाडौं, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कमजोर नभएको दाबी गरेका छन् । उनले भने,”राप्रपा कमजोर पनि भएको छैन् । पछि पनि हटेको छैन् । हामी आफ्नो रणनीतिक र योजनावद्ध ढंगले आफ्नो काममा लागिराखेका छौंं । उपनिर्वाचनको तयारीमा लागेका छौं । महाधिवेशनको पनि तयारीमा लागेका छौं । निकटभविष्यमा नै हामी महाधिवेशनको तयारी गरेर अघि बढ्छौं । अहिले राप्रपा चाउरी पर्यो कि, कमजोर भयो कि भनेर नाप्ने के छ ? “
आज (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रार धमलाले राप्रपा आजको दिनमा विभाजनको संघारमा हो भनेर सोधेको प्रश्नमा उनले यसलाई वाहियात कुराको संज्ञा दिए ।
पार्टीको महाधिवेशन नजिकिएपछि आकांक्षी देखा पर्नसक्ने र अलग धार देख्न सकिने भन्दै त्यसमा सबैले अनुशासनलाई ध्यानमा राख्नुपर्ने कुरा आफूले भनेको पनि उनले स्मरण गराए । उनले अब राप्रपालाई कसैले पनि कल्पना गर्न नसक्ने र त्यो तागत कसैसँग नभएको दाबी गरे ।




प्रतिक्रिया