काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रवि लामिछाने नेतृत्वको रास्वपालाई एनजिओले चलाएको पार्टीको संज्ञा दिएका छन् । उनले आफूहरु स्थायी राजनीतिको पक्षमा रहेको टिप्पणी गरे ।
आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रास्वपाका नेताहरुलाई अलिक परिपक्व बन्न सुझाव दिएका छन् । उनले रास्वपाले भिजिट भिसा प्रकरणमा सदनमा गरेको आन्दोलनप्रति कडा टिप्पणी गरे ।
उनले उपसभामुख इन्दिरा रानामगरपनि अहिले भिजिट भिसामा नै बाहिर रहेको सुनाए । उनले उपसभामुख रानाले १७ वटा भिजिट गर्दा सभामुखले ७ वटामात्रै सहमति दिएको सुनेको स्मरण गराए । उनले कुलिङ पिरियड छेडखानीमा आफ्नो कुनै गल्ती नभएको जिकिर गरे । उनले आफू कुलिङ पिरियडको पक्षमा रहेको बताए ।
उनले नेपालको राजनीतिमा जिवित नेताहरुमध्ये इथिक्स भएको नेतामा शेरबहादुर देउवा रहेको बताए । उनले भने,”उहाँ कहिल्यै ढाँट्नुहुन्न । गलत कुरा बोल्नुहुन्न । बोलेको कुरा पुर्याउनुहुन्छ । यति इमानदार नेता कोही छैन ।” उनले आफूलाई सभापति देउवाले राजीनामा नदिएको भए हुनेथियो भनेर भनेको सुनाए ।




प्रतिक्रिया