अब म पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान्नँ, मलाई भेट्न आउनुपर्छ : दुर्गा प्रसाईं (भिडिओसहित)


काठमाडौं, १४ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफू पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नजाने बताएका छन् । बरु, पूर्वराजा ज्ञानेन्द्र नै आफूलाई भेट्न आउनुपर्ने प्रसाईंको भनाई छ । आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,”के को नो इन्ट्री, राजाले अहिले मलाई निर्मल निवासमा बोलाएपनि म जान्नँ, म राजालाई भेट्न जादिनँ, बरु मलाई भेट्न आउनुपर्छ, अनि कुरो बन्छ ।” सो क्रममा उनले विद्यादेवी भण्डारीले अब सिधै एमाले कब्जा गर्नेपनि दाबी गरे । पत्रकार धमलाले विद्या भण्डारीले एमाले कसरी कब्जा गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, केपी ओली बसेको कुर्सीमा खुरुखुरु बसेपछि कसले रोक्न सक्छ ?”