काठमाडौं, १५ भदौ । डाक्टर गोविन्द केसीले २३औं सत्याग्रह सुरु गरेका छन् । आज (आइतबार) कैलालीको धनगढीबाट उनले सत्याग्रह सुरु गरेका हुन् ।
चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्रीले गलत ढंगले (निजी मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन भनेका छन् ।
यस्तै, उनले शुल्क वृद्धि नगर्न, सम्झौताअनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्नेपनि माग गरेका छन् ।




प्रतिक्रिया