काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रचण्डले नेपालसँग भेटवार्ता गरेका हुन् ।
प्रचण्ड र नेपालबीच समाजवादी मोर्चालाई मोर्चालाई सक्रिय बनाउने, वाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको बताइएको छ । बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी थिए ।




प्रतिक्रिया