काठमाडौं, १९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को उपनिर्वाचनका लागि आफ्नो दलको तर्फबाट डा.लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाका ९ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सनबाट थापा उम्मेदवार चयन भएका हुन् । उम्मेदवार चयन भएका थापा विवादरहित भने रहन सकेनन् ।
डा.थापा स्वयं २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसदको सूचीमा थिए । उनको नाम नाउपाले निर्वाचन आयोगमा पेश गरेको अन्तिम बन्द सूचीको ९औं नम्बरमा छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको बताएको छ । गत २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसदको बन्द सूचीमा नाम रहेकै कारण थापा उम्मेदवार बन्न नपाउने देखिएको छ ।
थापाविरुद्ध बहुविवाह गरेको बारे पनि प्रश्न उठेको थियो । यद्यपि यनले यसबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा एउटी श्रीमतीसँग सम्बन्धविच्छेद भएको प्रमाण सार्वजनिक गरेका थिए । उनको व्यक्तिगत जीवनको कुरालाई लिएर पनि रास्वपा सचिवालय तहका नेताहरूले रूपन्देही–३ उम्मेदवारी फेर्नुपर्ने कुरा उठाएका थिए । रूपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा।थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् । न्युरोलोजी अध्ययन गरेका डा।थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।





प्रतिक्रिया