स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस : प्रचण्ड


काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेन जी पुस्ताको आन्दोलनको क्रममा भएको दुःखद् घट्नाप्रति दुःख व्यक्त गरेका छन् । पार्टीको ‘जनतासँग माओवादी’ अभियान लिएर गोरखा पुगेका दाहालले आज फेशबुकमार्फत स्थिति थप बिग्रिन नदिनको लागि सरकारले जिम्मेवारीपूर्वक कदम चालोस भनेका छन् ।

उनले भनेका छन्,‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्छु, स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस् ।’ दाहालले हिजो नै जेन जी पुस्ताको प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका थिए ।