काठमाडौं, २३ भदौ । रास्वपाका सभापति रवि लामिछानेले अब भ्रष्टाचार र कुशासनका नाइकेहरुलाई एक मिनेटपनि सत्तामा झेल्न नसकिने बताएका छन् । नख्खु कारागारबाट अपिल जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्,” आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू, आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए। यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।”
आफ्नै बिन्दास संसारमा रमाउने उमेरका जेन जीलाई सडकमा आउन यिनी आततायीका सनक, कुशासन र भ्रष्टाचारले गरेको लामिछानेको दाबी छ । उनले भने,”यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि–ताकि गोली हानेर मारे।”






प्रतिक्रिया