काठमाडौं, २४ भदौ । काठमाडौंमा निरन्तर प्रदर्शन जारी रहेपछि र आगजानी भैरहेको हुँदा काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । जेन-जी पुस्ताको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना नागरिकको ज्यान गएपछि आज विहानैबाट देश आन्दोलनको मारमा परेको छ ।
युवा पुस्ता देशव्यापी रुपमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नेताहरुको घर छानी छानी आगजानी र तोडफोड गरेका छन् । एयरपोर्ट क्षेत्रमा पनि आगजानीको घट्ना घटिरहेकोले नेपाल उड्ययन प्राधिकरणले सुरक्षा संवेदनशीलता ख्याल गर्दै विमानस्थल पूर्ण रुपमा बन्द गर्ने निर्णय लिएको हो ।




प्रतिक्रिया