काठमाडौं, २४ भदौ । प्रदर्शनकारीहरुको ठूलो हुल सिंहदरबार छिरेको छ । जेन जी पुस्ताको प्रदर्शनमा राज्य दमन हुँदा १९ जना नागरिकको ज्यान गएको घट्नामा आज विहानैदेखि युवा पुस्ता आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले नेताहरुको निजी निवास, मन्त्री क्वार्टर र दलका मुख्य कार्यालयहरु समेत तोडफोड र आगजानी गरेका छन् । उनीहरु अहिले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गरेका छन् । भिड अनियन्त्रित भएपछि सुरक्षा निकायले उनीहरुलाई कुनै नियन्त्रण गर्न सकेको छैन । file photo




प्रतिक्रिया