प्रधानमन्त्री ओलीले दिए राजीनामा


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेन जी पुस्ताको प्रदर्शनमा राज्यको दमनमा परी १९ जना नागरिकको ज्यान गएपछि देशव्यापी रुपमा आन्दोलन फैलिएको छ ।

आजपनि प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेताहरुको निजी घर, मन्त्री क्वार्टर, पार्टी कार्यालय, सिंहदरबार र संसद् भवनमा आगजनी र तोडफोड गरेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले मुलुकलाई निकास दिनको लागि पदबाट राजीनामा दिएका छन् ।