काठमाडौंमा उत्रियो सेना, विभिन्न स्थानको सडक अवरोध हटायो


काठमाडौं, २५ भदौ । नेपाली सेना फिल्डमा खटिएको छ । जेन-जी पुस्ताको आन्दोलनबाट उत्पन्न परिस्थिति अनियन्त्रित भई ठूलो जनधनको क्षति भएको र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

नेपाली सेना आज विहानैबाट फिल्डमा खटिएको छ । अहिले काठमाडौंका विभिन्न स्थानका अवरोध हटाउने कार्य जारी छ । सेनाले सुरक्षा संयन्त्रबाट लुटिएका हतियारसमेत सेनालाई बुझाउन भनेको छ ।