मोदीले भने : नेपालमा भएको हिंसा हृदयविदारक छ, शान्ति व्यवस्था कायम राख्न अपिल गर्दछु


काठमाडौं, २५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको बताएका छन् । सुरक्षासम्बन्धी भारतको मन्त्रिपरिषद्मा समेत नेपालको घट्नाक्रमहरुको बारेमा विस्तृत छलफल भएको मोदीले उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले नेपालका सबैलाई शान्ति, व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गरेका छन् ।

उनले लेखेका छन्-
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।