अन्तरिम सरकारमा जिम्मेवारी लिएर मातृभूमिको सेवामा खटिने खेम शर्माको चाहना


काठमाडौं, २६ भदौ । सरसफाई अभियन्ता खेम शर्माले अन्तरिम सरकारमा जिम्मेवारी लिएर मातृभूमिको सेवा गर्ने इच्छा व्यक्त गरेका छन् । शर्माले फेशबुकमार्फत आफूसँग देशले यो संक्रमणको बेलामा थप उच्चस्तरीय योगदानको आवश्यकत्ता महसुस गरेमा जिम्मा लिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

देशको माथिल्लो तहबाट राजनैतिक फोहोर मैला जनताले बढारेपनि अझै देशको भौतिक फोहोरमैला सफा गर्न बाँकी रहेको बताएका छन् । उनले भने,‘त्यो सफा नगरी नया नेपाल निर्माणको सफा यात्रा सुरु हुदैन।’ शर्मा विगत १२ वर्षदेखि विदेशमा र विगत ३ वर्षदेखि नेपालको सरसफाई गर्ने उच्च उद्देश्य बोकेर विदेश छोडेर नेपालमै फर्केर एक अभियन्ताका रुपमा दिन–रात खटिरहेका छन् । उनले जेन जी आन्दोलनले अब आफ्नो अनुभव , योगदान र इमान्दारिताको भरपुर फाइदा लेओस भन्ने चाहना राखेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

देशले यो संक्रमणको बेला म बाट थप उच्च स्तरिय योगदानको आवश्यकता महसुस गरेमा म अन्तरिम सरकारमा महत्वपूर्ण जिम्मेवारी सहित मातृभूमिको सेवामा खट्ने इच्छा र प्रतिबद्दता व्यक्त गर्दछु।

जेन जी आन्दोलनको सफलता संगै अब अन्तरिम सरकार निर्माणको बहस चलेको छ। देशको माथिल्लो तहबाट राजनैतिक फोहोर मैला जनताले बढारे पनि अझै देशको भौतिक फोहोरमैला सफा गर्नु बाकि छ। त्यो सफा नगरी नया नेपाल निर्माणको सफा यात्रा सुरु हुदैन।

बिगत १२ बर्ष देखि बिदेशमा र बिगत ३ बर्ष देखि नेपालको सरसफाई गर्ने उच्च उद्यस्य बोकेर विदेश छोडेर नेपालमै फर्केर एक अभियन्ताका रुपमा दिनरात खटिरहेकोले जेन जी आन्दोलनले अब मेरो अनुभव , योगदान र इमान्दारिताको भरपुर फाइदा लेओस भन्ने चाहन्छु।

विश्वास गरौ जुटेर काम गर्दा आगामी ५ बर्षमा हामी अहिलेको नोक्सानी नियन्त्रण गरिसक्ने छौ , १० बर्ष मा बिकासको नया स्तरमा पुग्ने छौ र १५ बर्ष मा संसारका बिकसित देशको सुचिमा हामी हुनेछौ।