काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाल खरानी पारेर खाने यो क–कसको षड्यन्त्र हो ? भनेर सोधेका छन् । उनले जनताले आँफै बनाएको संविधान मिचेर को को कठपुतली (पपेट) लाई सिंगारिन्छ ? भनेरपनि सोधेका छन् ।
अब बिस्तारै सबै कुराको पर्दा खुल्दै जाने उनको विश्वास छ । फेशबुकमार्फत लगातार आफ्नो धारणा राखेका थापाले सिंहदरबार खरानी पारेर सत्ताभोगको हानथाप भएको टिप्पणी गर्दै आगो लगाउने को थियो ? भनेर सेना, जनपद, सशस्त्र र गुप्तरको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले सुरक्षा संयन्त्रक किन मुकदर्शक बने ? भनेरपनि सोधेका छन् ।




प्रतिक्रिया