सुनको मूल्य बढ्यो, आज २ लाख १५ हजार ८०० मा कारोबार


काठमाडौं, २७ भदौ । सुनको मूल्य तोलामा दुई लाख १५ हजार ८०० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो।

हिजो प्रति तोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज २५६५ प्रति तोला पुगेको छ ।