सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त वक्तव्य : विधिको शासन र संविधानवादबाट बाहिर जानहुँदैन भन्नेमा हामी दृढ छौं


काठमाडौं, २७ भदौ । संघीय संसदअन्तर्गतका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भदौ २३ र २४ गते भएको जेन–जीहरुको आन्दोलनको क्रममा भएको जनधनको क्षतिले आफूहरुलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

उनीहरुले आज (शुक्रबार) संयुक्त वक्तव्य जारी गदैृ देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको पनि स्मरण गराएका छन् ।

उनीहरुले यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुनेमा आफूहरु दृढ रहेको पनि स्पष्ट पारेका छन् । उनीहरुले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिलसमेत गरेका छन् ।