काठमाडौं, २७ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान व्यवस्थाको लुट र भ्रष्टाचारबाट आजित नेपाली जनताले जेन–जी पुस्ताको अगुवाईमा भएको जनआन्दोलनमार्फत प्रकट गरेको ताजा जनादेशलाई सर्लक्क स्वीकार गरेर देशलाई बदलावको दिशामा अगाडि बढाउन नसक्नु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरेको छ । आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज एक विज्ञप्ती जारी गर्दै जनविद्रोहको मर्मलाई तुरन्त सम्बोधन गर्नुको सट्टा विभिन्न आवरणमा अल्झाउनु, बल्झाउनु र खेलाउनु दुःखद् रहेको गुनासो पोखेका छन् ।
पश्चगामीको डरले यथास्थितिमा रमाउने खेल कुनै पनि हिसाबले सही नभएको आजपाको चेतावनी छ । साहले भनेका छन्,‘अहिलेको विषम परिस्थितिमा देशलाई अग्रगामी निकास दिनका लागि राष्ट्रपतिजस्तो सम्मानित संस्थाले यस आन्दोलनका नेतृत्व एवं सहयोगी शक्तिहरू तथा परिवर्तन पक्षधर धारसँग वार्ता र संवाद गरी समस्या समाधान गर्नुको सट्टा उल्टै उही अस्वीकृत यथास्थितिवादी एवं प्रतिक्रियावादी धारका पार्टी, प्रवृत्ति र व्यक्तिसँग छलफल गर्ने कार्य हामीलाई किमार्थ स्वीकार्य छैन । यो अशोभनीय एवं आपत्तिजनक कदम सडकबाट मुखारित जनादेश, जनआन्दोलनको भावना तथा नागरिक स्वतन्त्रता समेतको बर्खिलाप हो ।’
आजपाले तत्काल संसद् विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गरेको छ ।
यस्तो छ प्रेस विज्ञप्ती





प्रतिक्रिया