काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरुको निशानामा परेको मुलुकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजबाट चहलपहल बढेको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज सिंहदरबारमा पदभार ग्रहण गरेकी छिन् ।
नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण भएकाले आज सिंहदरबारमा चहलपहल भएको हो । तर, आगजानीको मारमा परेको सिंहदरबार तँग्रिनको लागि अझै केही महिना लाग्नेछ । कतिपय मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएका छन् । कतिपयमा आंशिक क्षति छ । केही मन्त्रालयमा भने सामान्यमात्रै क्षति भएको छ । मन्त्रालयमा पार्क गरेर राखिएका सवारी साधन जलेर ध्वस्त भएका छन् ।



















प्रतिक्रिया