काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । उनले आज साँझ महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी तोकेकी छिन् । गृह मन्त्रालयको नेतृत्वमा कानूनविद् ओमप्रकाश अर्याललाई ल्याईएको छ ।
अर्याललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि जिम्मा दिईएको उच्चस्रोतको दाबी छ । यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् । घिसिङलाई उर्जा मन्त्रालयसहित सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मा दिईएको हो । उनीहरुको शपथ भने भोलि विहान हुने जनाईएको छ ।




प्रतिक्रिया