मन्त्रीहरुको वरियतामा खनाल अगाडि, दोस्रोमा कुलमान र तेस्रोमा अर्याल


काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारमा नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शितलनिवासमा भर्खरै सम्पन्न शपथग्रहण समारोहमा नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले आज शपथ लिएका हुन् । कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो वरियतामा खनाल रहेका छन् ।

दोस्रोमा घिसिङ र तेस्रोमा अर्याल छन् । प्रधानमन्त्री कार्कीले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएकी छिन् । आजबाट दोस्रो चरणको लागि उनले छलफल थाल्ने भएकी छिन् । सकेसम्म ११ जना मन्त्रीमात्रै राख्ने उनको चाहना छ ।