काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । आजमात्रै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषदमा् तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ खाएर कार्यभार सम्हालेका छन् ।
उनीहरुले गृह, अर्थ, उर्जा, भौतिक पूर्वाधार, सहरी विकास र कानून मन्त्रालयको जिम्मा पाएका छन्। ओमप्रकाश अर्यालले गृह र कानून मन्त्रालयको जिम्मा पाएका छन् । यस्तै, कुलमान घिसिङले भने तीन वटा मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई उर्जासहति सहरी विकास र भौति पूर्वाधार मन्त्रालयको पनि जिम्मा दिईएको छ । रामेश्वर प्रसाद खनाललाई भने अर्थ मन्त्रालयको जिम्मा दिईएको छ ।




प्रतिक्रिया