हर्कलाई सम्बोधन गर्दै बालेनले भने: तिमी मेरो साँचो माया हौ


काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूले हर्क साम्पाङलाई माया गरिरहने बताएका छन् । काठमाडौंमा रहँदा र धरान फर्किएपछि हर्कले बालेनप्रति कडा कडा टिप्पणी र प्रहार गर्न थालेपछि बालेनले आज फेशबुकमा यस्तो लेखेका हुन् । उनले लेखेका छन्–

डियर हर्क साम्पाङ्,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्रु लभ ।