काठमाडौं, १ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. चन्द्रकान्त भण्डारीले कलिला, होनहार बाबुनानीको लाश र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड एवम् प्रतिष्पर्धा भएको भन्दै आक्रोश पोखेका छन् । जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा आज शोक दिवस मनाईदैछ । भण्डारीले सामाजिक सञ्जालमार्फत उनले यस्तो आक्रोश पोखेका हुन् ।
उनले लेखेका छन्–
आज शोक दिवस।
आमाबाबुका रित्तिएका काख, रोएको नेपाल,
थपिएका कालरात्रि, इतिहास र वर्तमान दुवै शोकमा, भविष्यले पनि शोक मनाइरहेको छ, अनन्त भविष्यसम्म ! कलिला, होनहार बाबुनानीको लाश र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड एवम् प्रतिस्प्रर्धा !
कहाँ छ मुलुक ? कहाँ छन् जनता ?
कहाँ छ रगतको सम्मान ?कसरी पूरा गर्ने नानीबाबुका सपना भन्ने छैन मनमा !!! अझै पनि मानसिक रोगीहरुको पद र अहमको छट्पटी ?
सबै शहीद प्रति उच्च सम्मान।




प्रतिक्रिया