बागमती प्रदेशका सभामुखले दिए राजीनामा


काठमाडौं, १ असोज । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । गत भदौ २३ गते जेन–जी को भ्रष्टाचारको विरुद्ध र सशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरुले अनाहकमा सहादत प्राप्त गरेपछि आफू अत्यन्त भावविह्वल भएको उल्लेख गरेका छन् ।

राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने लागेर भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेको स्मरण गराएका छन् । उनले आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको उल्लेख गरेका छन् ।