अमेरिकी राजदूतले पनि भेटे प्रधानमन्त्री कार्कीलाई, के कुरा भयो ?


काठमाडौं, २ असोज । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध मजबुद बनाउने विषयमा छलफल भएको हो ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको हो । सो क्रममा अमेरिकी राजदूत थम्प्सनले नेपालको विकासमा निरन्तर अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । आजै चिनियाँ राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेटेका थिए । त्यसअघि प्रधामन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ सम्वाद भएको थियो ।