पेरिसडाँडामा माओवादीले यसरी मनायो संविधान दिवस (फोटोफिचर)


काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) ले संविधान दिवस भव्य रुपमा मनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा एक समारोहको आयोजना गरेर माओवादीले आज संविधान दिवस मनाएको हो ।

समारोहलाई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । जेन–जी आन्दोलनको कारण माओवादी केन्द्रको मुख्यालय पनि आगजानी र तोडफोडमा परेको थियो । संविधान दिवस मनाउने भएकोले हिजो अबेरसम्म पार्टी कार्यालयको सफाईमा माओवादीका नेता तथा कार्यकर्ता जुटेका थिए ।