काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अविलम्ब भदौ २३ गतेको जेन–जीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घट्नामा न्यायिक आयोग बनाउन मागगरेका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना जारी गर्दै उनले वर्तमान सरकारले गर्नुपर्ने अविलम्ब काममा चार वटा समिति निर्माण गर्न सुझाव दिएका छन् ।
पहिलो समिति भदौ २३ मा भएको जेन–जीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग गठनको माग छ । दोस्रोमा भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पुर्ण छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने उनको माग छ ।
यस्तै, भ्रष्टाचारका विभिन्न मुद्दाउपर उच्चस्तरीय शक्तिसाली छानबिन गरिनुपर्ने शर्माको माग छ । र, चौथोमा भने २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग बनाउनुपर्ने शर्माको भनाई छ । अहिलेसम्मको राजनैतिक यात्रामा आफू जम्माजम्मी एकपटक सांसद बनेको पननि उनले उल्लेख गरेका छन् । तर, आफ्नो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस भनेका छन् । राजनैतिक नेतृत्वमा रहेका सबैजना अब परिक्षणका लागि तयार बन्नुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया