काठमाडौं, ३ असोज । लेखक जय बहादुर सिंहको पहिलो कृति ‘परिकल्पना जाजरकोट’ सार्वजनिक भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच सो पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन भने नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पार्टीका केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले गरेका हुन् ।
कार्यक्रममा लेखक जय बहादुर सिंहले जाजरकोट देशको नक्शामा समावेश भएपनि विकासको नक्शामा समावेश नभएकोले आफूले पुस्तकमार्फत आफ्नो धारणा ल्याएको स्पष्ट पारे । समाजमा भोगेका देखेको चूनौति, समस्यालाई उजागर गरेको र भोलिको समाधानपनि पुस्तकमा समेटिएको उनको भनाई छ । विद्यालयमा खाली कुर्सी, अस्पतालमा औषधी नभएको पीडा, युवाहरु विदेश पलायनको परिस्थितिको कारण यो पुस्तक जन्माएको उनको दाबी छ ।




प्रतिक्रिया