देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको प्रचण्डको संकेत


काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई रणनीतिक रुपमा असफल बनाउने प्रयास भइरहेको भन्दै चनाखो हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले अहिले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा हिजो आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिका निर्णायक रहेको पनि दाहालको भनाई थियो । सम्बोधनको क्रममा उनले भनेका थिए,‘७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउने काम जनयुद्धका क्रममा हजारौंको त्यागबिना सम्भव थिएन ।’