काठमाडौं, ४ असोज । हामी नेपालले महेश बस्नेतलाई झुठो बोल्ने व्यक्ति भनेको छ । बस्नेतले हिजो एमाले मुख्यालयमा आयोजित संविधान दिवस मनाउने कार्यक्रममा हामी नेपालका संयोजक सुदन गुरूङ एमालेमा आउनेगरि कुराकानी भएको दाबी गरेका थिए ।
बस्नेतको उक्त दाबीपछि हामी नेपालले फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । सुदनले बस्नेतसँग कहिल्यैपनि कुरा नगरेको स्पष्ट पारिएको छ । भविष्यमा कहिल्यैपनि बस्नेतसँग कुरा नहुने पनि दाबी गरिएको छ। हामी नेपालले बस्नेतलाई नचिनेको र सम्मान पनि नगर्ने उल्लेख गरेको छ ।
अफवाह फैलाउन बन्द गर्न हामी नेपालले बस्नेतलाई चेतावनी दिएको छ । बस्नेतको पछिल्लो गतिविधिले जेन–जी आन्दोलनमा त्याग र बलिदानी गरेकाहरुप्रति धोका दिएको पनि उल्लेख गरिएको छ ।




प्रतिक्रिया