संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प छैन : डा. शेखर कोइराला


काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले संविधानलाई धेरै नचलाईकन अहिलेको विषम परिस्थितिमा निकास खोजेकोमा धन्यवाद दिएका छन् । उनले अब संविधानलाई सही ट्रयाकमा फर्काउनको लागि पनि निर्वाचनको विकल्प नभएको भन्दै सरकारलाई सघाउनुपर्ने बताएका हुन् ।

आज (शनिबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएकोले अब चुनाव हुन्छ भन्ने विश्वास लिनुपर्ने मत राखे । उनले भने,‘अब फागुन २१ गतेभित्र चुनाव गर्नको लागि सरकारलाई भन्नुपर्छ।’ यसअघि उनले विराटनगरमा रहेको कोइराला निवासको निरीक्षण गरेका थिए । file photo