काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन जी आन्दोलनका घाइते र शहीद परिवारलाई भेट्न जान नसक्नुको कारण खुलाएका छन् । जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको १३औं पुण्यतिथिमा आज एक भिडिओ सन्देश जारी गर्दै थापाले आफू घाइतेहरु भेट्न जान नसक्नुको कारण अप्ठ्यारो लागेको बताएका छन् ।
भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेर युवाहरु लडेर ढलेको स्मरण गर्दै थापाले उनीहरुको माग पूरा गर्ने सन्दर्भमा आफ्नो ठोस कदमले परीणाम ल्याउन सकेमात्रै शहीद र घाइते परिवारलाई भेट्न जाने प्रण गरेका छन् । जेन-जी आन्दोलनको भर्खरै अन्तरिम सरकार बनेको र स्वतन्त्र र निश्पक्ष निर्वाचन गर्ने यो सरकारको म्याण्डेट भएकोले सरकारलाई यो उद्देश्यमा सबैले सघाउनुपर्ने पनि थापाको भनाई छ ।
चुनावबाहेक सरकारले भदौ २३ गतेको आन्दोलनमा व्यापक दमन भएको र यो घट्नामा छानबिन गर्नुपर्ने माग गरेका छन् । भदौ २४ गतेको आन्दोलनमा कतिपयले आफ्नो प्रतिशोध साँध्ने काम गरेको र निहित स्वार्थ पूरा गर्नको लागि व्यापक घुसपैठ भएको पनि थापाको ठम्याई छ ।




प्रतिक्रिया