काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफाडको शिकार भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नै बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण र विश्लेषण राखिरहेका छन् ।
अहिले जेन–जी आन्दोलनपछि माओवादी केन्द्रमा पनि नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको राजीनामा मागेका छन् । तर, अहिलेको विषम परिस्थितिमा अध्यक्षले राजीनामा दिन नहुने भन्दै महाधिवेशनबाट वा विशेष महाधिवेशनबाट मात्रै नतृत्व परिवर्तन हुनुपर्ने अधिकांश नेताहरुको मत छ । file photo




प्रतिक्रिया