काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भङ्ग गर्ने प्रस्ताव राखिएको छ । अध्यक्ष पुष्पकमल दाहालले आज बसेको पदाधिकारी बैठकमा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । त्यसको लागि केन्द्रीय कमिटी भङ्ग गर्ने प्रस्ताव राखेका छन् ।
यो प्रस्ताव अब बस्ने केन्द्रीय समितिको बैठकले पारित गर्ने जनाईएको छ । जेन–जीको आन्दोलनपछि माओवादीमा पनि नेतृत्व परिवर्तनको बहस जोडतोडले उठेको छ । उपमहासचिव जनार्दन शर्माले त अध्यक्ष प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।




प्रतिक्रिया