डा. संगिता मिश्रा स्वास्थ्यमन्त्री बन्ने निश्चित्


काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गृहकार्य थालेकी छिन् । प्रधानमन्त्री कार्कीले आजै ७ जना मन्त्रीहरु नियुक्त गर्नेगरि छलफल गरेको बताईन्छ । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिँदा सरकारको प्रभावकारितामा प्रश्न उठ्न थालेपछि उनले आजै आफ्नो क्याविनेटलाई पूर्णता दिन लागेकी हुन् ।

उनले दुई जना महिलालाई आफ्नो मन्त्रीमा ल्याउन लागेको बताईन्छ । सरकारनिकट उच्चस्रोतकाअनुसार मावनअधिकारकर्मी मोहना अन्सारी र स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा यो क्याविनेटमा शक्तिशाली मन्त्रालयको नेतृत्वमा आउने भएका हुन् ।

अन्सारीलाई परराष्ट्र मन्त्रालय नै दिने तयारी गरिएको बुझिएको छ । मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने भनिएको छ । उनले मन्त्री बन्ने निश्चित् भएपछि आफ्नो पदबाट राजीनामा दिएको पनि दाबी गरिएको छ ।