भारतीय राजदूतले भेटे मन्त्री घिसिङ, उर्जा सहकार्यको प्रगतबिारे चासो


काठमाडौं, ५ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उर्जामन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । आज (आइतबार) सिंहदरबारमा राजदूत श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रीसमेत रहेका घिसिङसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । सो क्रममा राजदूतले मन्त्री घिसिङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनीहरुबीच नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्यको विषयमा छलफल भएको थियो । यस्तै, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा समेत राजदूतले चासो राखेका थिए ।