एआईजी केसीको सिआईबी प्रमुखमा सरुवा


काठमाडौं, ५ असोज । सरकारले नेपाल प्रहरीका एआईजी डा. मनोजकुमार केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को प्रमुखमा सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई सो ठाउँमा सरुवा गरेको हो ।

डा. केसी अहिले प्रहरीको प्रदेश समन्वय विभागमा थिए । यसअघि उनी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अधिकृत थिए । तर, कांग्रेस र एमालेको सरकार बनेपछि र रमेश लेखक गृहमन्त्री बनेपछि उनको सरुवा गरिएको थियो । केसी नुवाकोटका स्थायी बासिन्दा हुन् ।