पूर्वन्यायाधीश सिन्हा उद्योगमन्त्रीमा सिफारिश


काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तारको लागि नाम सिफारिश गरेकी छिन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरिसकेकी छिन् । जसमा तीन जना मन्त्रीहरु अहिले जिम्मेवारीमा छन् । आज थप पाँच जनाको नाम मन्त्री नियुक्तीको लािग राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई पनि मन्त्री बनाएकी छिन् । उनलाई उद्योग मन्त्रालयको जिम्मा दिईएको छ । यस्त्ै, स्वास्थ्यमन्त्रीमा डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको छ ।