काठमाडौं, ६ असोज । नेपाल माउन्टेन एकेडेमीकी पूर्व कार्यकारी निर्देशक एवम् चर्चित पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पाले आफूले देशको सेवा गर्ने चाहना राखेको बताएकी छिन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको क्याविनेटमा आफूलाई पर्यटन मन्त्रालको नेतृत्व लिन सुझाव आएको भन्दै शेर्पाले आफ्नो ज्ञान, क्षमता र सीप देशको भलाईको लागि लगाउन तयार रहेको प्रतिक्रिया दिईन् ।
प्रधानमन्त्री कार्कीलाई यो क्षेत्रका जानकार र अग्रजहरुले शेर्पालाई पर्यटन मन्त्रालयको जिम्मा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्रीहरुका शपथ राखिएको छ । तर, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र रक्षा मन्त्रालयमा भने उनले मन्त्री नियुक्ती गरिसकेकी छैनन् ।
देशको सेवा गरेर त्यसको फाईदा जनताले लिए त्यो नै धर्म हुने उनको तर्क छ । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय नेतृत्वविहीन छ । महिला नेतृत्व ल्याउँदा राम्रो हुने भन्दै शेर्पाको नाम चर्चामा छ । उनले आफूले यसअघि पनि जति पनि जिम्मेवारी लिएको हो त्यसमा कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको र भ्रष्टाचारलाई शून्य सहनसिलता भनेर काम गरेको बताईन् ।
अहिले उनलाई पर्यटन मन्त्रालयको नेतृत्वमा पुर्याउनको लागि शेर्पा समूदाय एकजुुट भएको बताईन्छ । नेपालको समग्र पर्यटन क्षेत्रको स्तर उकास्न र यसको विकासकोलागि शर्पा योग्य पात्र भएको बताईन्छ । यो मन्त्रिपरिषद्मा शेर्पा समूदायको पनि प्रतिनिधित्व हुने र उनी पर्यटन क्षेत्रसँग जोडिएको समूदायबाट नै प्रतिनिधित्व गर्ने भएको हुँदा पर्यटन क्षेत्रमा आमूल परिवर्तन र विकास हुने धेरैको विश्वास छ ।
उनी लेखक पनि हुन् । उनको आत्मकथारुपी उपन्यास ‘हिमालकी छोरी’ र ‘हिमालमा चालिस वर्ष’ आत्मकथाको अंग्रेजीमा अनुवादित ‘फोर्टी इयर्स इन दि माउन्टेन’ किताब चर्चित छन् । सोलुखुम्बुमा जन्मेकी शेर्पा १३ वर्षकै उमेरदेखि हिमाल आरोहणमा लागेकी थिइन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पासँग पनि सगरमाथा गएकी थिइन् । तर उनी भने चुचुरोमा पुग्न सफल भइनन् ।
उनी शेर्पा समुदाय र हिमालसम्बन्धी लेख्ने पहिलो महिलासमेत मानिन्छ । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । उनले लाक्पा फुटी ट्रस्टमार्फत समाजसेवा गरिरहेकी छिन् । आफूलाई पर्यटन मन्त्रालयको नेतृत्वको जिम्मा दिईए सबैको सल्लाह, सुझाव लिएर देशलाई सेवा गर्न ईच्छुक रहेको शेर्पाको भनाई छ ।
Related-Video




प्रतिक्रिया