माओवादीसँग वार्ता गर्नेगरि नेकपाले बनायो वार्ता समिति, संयोजकमा विश्वकर्मा


काठमाडौं, ७ असोज । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटक र विचार मिल्नेहरुसँग एकताको लागि प्रस्ताव गरेबमोजिम एकता वार्ता टोली गठन भएको छ । नेकपाको महालै बसेको केन्द्रीय कमिटीको बैठकमा माओवादी घटक र विचार मिल्ने समूहरुसँग वार्ता गर्ने निर्णयसहित टोली बनाईएको हो ।

वार्ताको लागि संयोजक प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तोएिको छ । सदस्यहरुमा भने अनिल सी, शिलु सी, सुशील सी, चिरण र जितेन्द्र सी रहेका छन्। नेकपा (माओवादी केन्द्र) ले पनि नेकपासँग एकताको लागि छलफल अघि बढाएको छ । माओवादीको भदौमा बसेको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घट्नाक्रम हेरेर विप्लवले नै माओवादीसँग तत्काल एकता गर्नेगरि आफूलाई मुभ गराएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहिलो प्राथमिकतामा विप्लव र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई एकताको लागि प्राथमिकतामा राखेका छन् । file photo