प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच भेटवार्ता


काठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छिन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज शीतलनिवास पुगेकी हुन् ।

कार्की नेतृत्वको वर्तमान सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मुख्य कार्यभार छ । आगामी निर्वाचनको तयारीको सन्दर्भमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष ब्रिफिङ गरेको बताईएको छ ।

तस्वि स्रोत : राष्ट्रपतिको सचिवालय