काठमाडौं, ८ असोज । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठक सुरु भएको छ । बैठक बौद्धस्थित एक पार्टी कार्यालयमा सुरु भएको छ ।
जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिको समिक्षा गर्दै र अबको बाटो तय गर्न बैठक बोलाईएको नेताहरुले जनाएका छन् । अध्यक्ष डा. भट्टराईले अहिले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।






प्रतिक्रिया