बाबुरामले पार्टी अध्यक्षबाट दिए राजीनामा


काठमाडौं, ८ असोज । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमार्फत उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

जेन–जी आन्दोलनपछि सबै पार्टीमा नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । यही सन्दर्भमा बदलिँदो राजनीतिलाई आत्मसात गर्नुपर्ने बाबुरामको मत थियो । उनले पार्टीको विशेष महाधिवेशन आगामी फागुनमा गर्ने प्रस्ताव गरेका छन् ।