नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आयो


काठमाडौं, ९ असोज । ठुलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । यो सडकखण्ड अवरुद्ध हुँदा सवारी आवागमन अस्तव्यस्त भएको थियो ।

झण्डै ५४ घण्टापछि आज राति यो सडकखण्ड सञ्चालनमा आएको हो । सडकखण्ड सञ्चालनमा आएसँगै दसैंको यात्रुले खेपेको सास्ती हटेको छ ।