काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आजपनि जारी छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । आज उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको विकल्प नभएको बताएका छन् ।
उनले माओवादी केन्द्र आँफैमा आन्दोलनकारी शक्ति भएकोले अरूभन्दा फरक रहेको बताए । सडकबाट आवाज उठाउँदैमा पार्टीको नेतृत्व परिवर्तन नहुने बताए ।
नेतृत्वमा प्रचण्डको विकल्प नभएको बताउँदै गजुरेलले भने,‘सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन। त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ।’ उनले नेतृत्व उमेरका आधारमा नभई विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा हुने बताए । file photo




प्रतिक्रिया