सरकारले केपी ओली र रमेश लेखकसहित पाँच जनालाई विदेश जान रोक लगायो, नसोधी काठमाडौं उपत्यका छोड्न नपाउने


काठमाडौं, १२ असोज । भदो २३ र भदौ २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिश अनुसार सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितलाई देशबाहिर जान रोक लगाएको छ ।

आयोगको सिफारिश अनुसार गृह मन्त्रायले उनीहरुलाई विदेश जान रोक लगाएको हो । उनीहरुको पासपोर्ट रोक्का गरेको छ । उनीहरुलाई स्विकृतिबिना काठमाडौं उपत्यका छोड्न समेत नदिईने भएको छ ।

ओली र लेखकसहित काठमाडौंका तत्कालिन सिडिओ छविलाल रिजाल, तत्कालिन अनुसन्धान विभागका प्रमुख हुतराज थापा र तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीलाई विदेश जान रोक लगाएको हो ।