सुरक्षा निकायले भदौ २४ गतेको घट्नाको आँकलन नै गर्न नसकेको पूर्व एआईजी पोखरेलको टिप्पणी (भिडिओ सहित)


काठमाडौं, १३ असोज । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेलले भदौ २३ गतेको अप्रिय घट्ना देखेपछि पनि सुरक्षा निकायले भदो २४ गतेको घट्नाको बारेमा आँकलन ने गर्न नसकेको बताएका छन् । भदौ २४ गते राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, नेताहरुको घरदेखि जताततै आक्रमण भएको र सुरक्षा निकाय रनभुल्लमा परेको उनको टिप्पणी छ ।

हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेपालमा भदौ २३ र भदौ २४ गतेको घट्ना इतिहासमै नभएको घट्नाको संज्ञा दए । उनले सुरक्षा निकाय कहाँमात्रै जाने र कसरी बचाउने भन्ने विषयमा अन्यौलमा परेको बताए ।

जेन–जी पुस्ताबाट १२ जनालाई मन्त्री बनाउन उनको सुझाव छ । उनले भने,‘जेन जीहरुको सहभागितालाई सरकारमा बढावा दिनुपर्छ, नत्रभने सरकार अप्ठ्यारोमा पर्छ । बाहृय द्वन्द्व निस्किन्छ । होईन भने त्रिकोणात्मक शक्तिको लडाईं सुरु हुन्छ ।’