काठमाडौं, १५ असोज । नेकपा (एमाले) का प्रभावलशाी नेता तथा पूर्व सांसद महेश बर्तौलाले अहिलेको समय एक अर्काविरुद्ध आवेग र उत्तेजना ओकल्ने नभएको बताएका छन् । बरु, अहिले धैर्यता र संयमताको पानी भएर विगतको निर्मम समिक्षासहित बाहृय चूनौतिहरुसँग लड्न आन्तरिक एकता मजबुद पार्नु रहेको उनको भनाई छ ।
सामाजिक सञ्जाल फेशबुकमार्फत बर्तौलाले अहिले मुलुकको सुन्दर भविष्य निर्माणको असल मार्ग कोर्ने समय रहेको बताएक छन् । उनले लेखेका छन्-
बहुलतामा आधारित हाम्रो नेपाली समाज आपसी सद्भाव, सहिष्णुता ,मेलमिलाप, संवाद र समन्वयको प्रेमिल संस्कृतिको जगमा उभिएको छ ।यो सहिष्णु संस्कृति लाई जिवन्त राख्दै आजको कठिन समयमा मुलुकको स्थायित्व र स्थिरता सहित दिगो शान्ती र बिकासका लागी लोकतान्त्रिक र संवैधानिक मार्गबाट अगाडी बढ्न सम्पुर्ण नेपाली जनता र राजनितिक शक्तिहरु एकजुट हुनु जरुरी रहेको छ ।अहिलेको समय भनेको एक अर्का बिरुद्ध आवेग र उत्तेजनाको आगो ओकल्ने नभइ धैर्यता र सम्यमताको पानी भएर बिगतको निर्मम समिक्षा सहित बाह्य चुनौती हरुसँग लड्न आन्तरिक एकता मजबुत पारी मुलुकको सुन्दर भविष्य निर्माणको असल मार्ग कोर्ने समय हो । यसबाट मात्रै हाम्रो देश नेपाल र नेपालीको दिर्घकालिन हित हुनेछ ।
दशैंको हार्दिक शुभकामना । file photo




प्रतिक्रिया