काठमाडौं, १५ असोज । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले २०६२ साल यता नेपालमा जेन्युन लोकतन्त्र नपाएको बताएका छन् । जेनजी आन्दोलनलाई उनले युवाहरुको जनविद्रोहको संज्ञा दिए । तर, युवाहरुले यत्रो विद्रोह गर्दापनि पूरानै संविधानमा टेकेर अघि बढ्नु उनीहरुको आन्दोलनप्रति नै धोका भएको उनको टिप्पणी छ ।
आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको संविधानबाट समस्याको निकास खोज्न असम्भव भएको दाबी गरे । उनले अहिलेको संविधानबाट देशमा भ्रष्टाचारको अन्त्य गर्न नसकिने जिकिर गरे ।
सत्ताको नेतृत्वमा पुगेकाहरुले शक्ति कब्जा गरेको कारण उनीहरुलाई कारबाही गर्न नसकिएको उनको दाबी छ । देशमा चर्चित बनेका भुटानी शरणार्थी प्रकरण, वाईडबडी, गिरिबन्धुलगायतका काण्डमा कसैमाथि पनि कारबाही हुन नसक्नुपनि यही संविधान कारण बनेको उनको टिप्पणी छ । जेन-जीले पनि यही संविधानमा टेकेर आन्दोलन नगरेको उनको भनाई छ । जेन-जीहरुको क्रान्ति सच्चा भएपनि अहिले उनीहरुलाई छक्काईएको दीक्षितको गुनासो छ ।




प्रतिक्रिया